७१ जना सवार रूसी विमान दुर्घटनाग्रस्त

देशबाहिर बिज्ञान प्रबिधि
तस्विर: साभार इपीए

यात्रु र चालकदलका सदस्य गरी ७१ जना सवार रुसी विमान दुर्घटनाग्रस्त भएको बिबिसीले जनाएको छ ।

मस्कोस्थित एक विमानस्थलबाट युरल्सका लागि उडेको उक्त जहाज राडार संकेतबाट हराएलगत्तै दुर्घटना भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छ् ।

दुर्घटना भएको विमान सारातोफ एयरलायन्सको एएन (१४८ क्षेत्रीय विमान हो । आपतकालीन सेवाका सूत्रहरूले रूसी समाचार संस्थाहरूलाई जनाएअनुसार मानिसहरूलाई ’जीवितै फेला पार्ने कुनै सम्भावना छैन’।

मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वी क्षेत्रस्थित आर्गुनोभोमा विमान खसेको हुन सक्ने ठानिएको छ। अर्को एक समाचार संस्थाका अनुसार डेमडइयड्भ विमानस्थलबाट उडेको दुई मिनेटमै विमानको राडार सम्पर्क टुटेको थियो । बिबिसी