ट्याक्टरको ठक्करबाट मेचीनगरमा एक युवकको मृत्यु

समाचार समाज स्थानीय

मेचीनगर / झापाको मेचीनगर ज्यामिरगढीमा आइतबार साँझ सवारी दुर्घटनामा परि एक युवकको ज्यान गएको छ ।

मेचीनगर १५ का १७ वर्षीय बुद्धिराज थिङलेवा लिम्बुको घटना स्थलमै ज्यान गएको हो ।

ज्यामिरगढीमा उत्तरबाट सिमेन्ट बोकेर जाँदै गरेको मे १ त ४०९४ नं को ट्याक्टरले विपरित दिसाबाट आउदै गरेको मे २ प १८८४ नं को मोटरसाइकलाइ ठक्कर दिंदा  मोटरसाइकलको पछाडी बस्ने लिम्बुको मृत्यु भएको जिल्ला टाफिक प्रहरीले कार्यालयले जनाएको छ ।

मोटरसाइकल चालक कृष्णबहादुर श्रेष्ठको भद्रपुरस्थित ओमसाइ पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ । घटनापछि ट्याक्टर चालक  नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरेको प्रहरीले जनाएको छ ।