कानुनी प्रकृयाका कारण कतारमा ज्यान गुमाएका मातृकाको शव ल्याउन ढिलाई

विर्तामोड / हृदयघातका कारण कतारमा ज्यान गुमाएका हल्दिबारी १ गोलधापका मातृकाप्रसाद दाहालको शव नेपाल ल्याउन केही ढिला हुने भएको छ ।

उनी कार्यरत कम्पनीले शव नेपाल पठाउन कुनै समस्या नरहेको बताए पनि कतारमा केही दिन बिदा परेको र अदालती प्रकृया मिलाउनु पर्ने भएकोले शव ल्याउन ढिला भएको पारिवारिक श्रोतले जनाएको छ ।

फेब्रुअरी १३ तारिक कतारमा बिदा परेकोले १४ तारिक अदालतको काम सकियो भने बिहीबार सम्ममा शव नेपाल आइसक्छ की भन्ने आशा रहेको मृतकका मामा रुद्र खनालले बताए ।

दाहालको फेब्रुअरी ९ तारिक माघ २६ गते कतारी समय अनुसार  बेलुका ३ बजे मृत्यु भएको हो ।

सुतेकै ठाँउमा हृदयघातका कारण उनको मृत्यु भएको थियो ।