गौरीशंकर स्मृति पत्रकारिता पुरस्कार इन्द्रसिंहलाई

समाचार समाज स्थानीय

विर्तामोड / माओवादी नेता गौरीशंकर खड्काको स्मृतिमा स्थापित गौरीशंकर स्मृति पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार इन्द्रसिंह राजवंशीलाई  प्रदान गरिने भएको छ ।

दमकमा सोमबार बसेको पुरस्कार छनौट समितिले राजवंशीलाई १५ हजार रुपैयाँ राशीको सो पुरस्कार दिने निर्णय गरेको हो । सञ्चारमाध्यमको तर्फबाट समाजमा पुर्याएको योगदानको कदर स्वरप राजवंशीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

बिर्तामोडको आरम्भ एफएमको समाचार सम्पादक रहेका राजवंशीले विभिन्न सञ्चारमाध्यमको प्रमुख भूमिकामा रही काम गरिसकेका छन् । यही फागुन ९ गते खड्काको स्मृति दिवसका दिन राजवंशीलाई पुररस्कृत गरिने बताइएको छ ।

गञ्जबहादुर दाहाल संयोजक रहेको पुरस्कार छनौट समितिले राजवंशीलाई पुरस्कार दिने निर्णय गरेको हो । छनौट समितिमा प्रेस सेन्टर झापा अध्यक्ष टिकाराम उप्रेती र उपाध्यक्ष झुलन रेग्मी रहेका थिए ।

यसअघि सो पुरस्कारबाट पत्रकार चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल र कृष्ण हुमागाई पुरस्कृत भइसकेका छन् ।