शिवरात्रीको अवसरमा अग्नीबाबाको दण्डवत यात्रा

धर्म -दर्शन योग ध्यान सस्कृति स्थानीय

विर्तामोड / विर्तामोड नगरपालिका स्थित सैनिकमोडको शिव मन्दिरबाट अग्नीप्रसाद कडरिया अग्नी बाबाले शास्टाङ्ग दण्डवत गर्दै विराटपोखर स्थित पञ्चमुखी ज्योर्तिलिङ्ग बाबाको मन्दिरसम्मको यात्रा गरेका छन् ।

तारकेश्वर महादेव बाबा बैजनाथधाम नरनारायण आध्यात्म प्रतिष्ठान मेचीनगरको आयोजनामा शिवरात्रीको अवसर पारेर कडरियाले करिब डेढ किलोमिटर दण्डवत यात्रा गरेका हुन ।

यात्रापछि अग्नी बाबाका नामले परिचित कडरियाले विराटपोखर स्थित विश्वहिन्दु महासंघको हलमा आयोजित भजन कृतन समारोहमा योग, ध्यान तथा दण्डवत यात्राका बारेमा प्रकाश पारेका थिए ।

समारोहमा ओमकार भजन कृतन मण्डली, विराट शिवकृतन मण्डली, नवदुर्गा भजनकृतन मण्डली र मनकामना भजन कृतन मण्डली गरी चारवटा कृतन मण्डलीले भजन प्रस्तुत गरेका थिए । पुण्य प्रसाइको अध्यक्षतामा भएको समारोहमा मोहन उप्रेती,कृष्ण चुडाललगायतले बोलेका थिए ।