क्यानडाद्वारा नेपाल सामु १९५ रनको लक्ष्य प्रस्तुत

खेलकुद राष्ट्रिय समाचार

काठमाडौं /आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ। टस हारेर निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै क्यानडाले १९४ रन बनायो।

नेपालविरुद्ध क्यानडाका सिरिमान्था वाइजी रत्नेले शतक प्रहार गरे। १५२ बलमा ८ चौका प्रहार गरेका सिरिमान्थाले सर्वाधिक १०३ रन बनाए। हम्जा तारिकले ३० बल २ छक्कासहित २४ रनज जोडे। एसएस धिन्साले १८, सादविन जफरले १०, आर गुनसेकराले ९ रन, एन आर कुमारले ५ रन बनाए।

बलिङतर्फ नेपालका बसन्तले रेग्मीले सर्वाधिक ३ विकेट लिए। सन्दिप लामिछानेले २, शरद भेष्वाकर र करण केसीले समान १ विकेट लिए। बसन्त रेग्मीको बलिङलाई पारस खड्काले क्याच आउट गरी १ विकेट लिए।

१ सय ९५ रनको लक्षका साथ नेपाल जवाफी व्याटिङको तयारीमा छ ।