एमाले र माओबादीले नयाँ सरकार गठनको गृहकार्य थाले

काठमाडौं/  बाम गठबन्धनले नयाँ सरकार गठनका लागि गृहकार्य थालेका छन् । नेकपा एमाले र माओबादीले नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु शितल निवास पुगेर राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरेका हुन् ।

यसअघि नै वाम गठबन्धनले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेद गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम प्रस्ताव गरेका हुन् ।

संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।