डिभिजन टू : ​आज नेपाल युएईविरुद्ध खेल्दै

खेलकुद राष्ट्रिय समाचार

 काठमाण्डौ /आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू उपाधिका लागि नेपालले आज युएईसँग खेल्दैछ ।

फाइल फोटो

नेपाल र युएईबीचको खेल नामिबियाको विण्डहकस्थित वन्डरर्स मैदानमा हुनेछ । यो प्रतिायोगिता नेपाल र युएईबीच दोस्रो पटक हुँदैछ । यसअघि लिग चरणमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो ।

दुवै टिम शिर्ष २ मा स्थान बनाउदै विश्वकप छनोट खेल्ने भइसकेका छन् । बुधबार नेपालले क्यानडालाई १ विकेटले हरायसँगै नेपालले विश्वकप छनोट खेल्न पाउने छ भने युएईले नामिबियालाई १७ रनले पराजित गरेर विश्वकपमा स्थान बनाएको छ ।  युएई र क्यानडाको अंक बराबरी भए पनि रन रेटका आधारमा युएईले क्यानडालाई पछि पार्दै विश्वकप छनोटका लागि तयार भएको हो ।

नेपालले युइईलाई हराएमा च्याम्पियन मात्र बन्ने छैन विश्वकप छनोटमा कठिन टिमसँग खेल्नुपर्ने हुन्छ । जिम्वावेमा मार्च ४ तारिखबाट हुने विश्वकप छनोटमा वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, हंगकंग, नेपाल र युएईले प्रतिस्पर्धा गर्नेछन ।

विश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समूहमा विभाजन गरिएको छ। समूह चरणमा सबै टिमले एक अर्कासँग १-१ खेल खेल्नेछन् ।

त्यसपछि दुवै समूहबाट उत्कृस्ट तीनमा स्थान बनाउने टिम सुपर-६ चरण खेल्न छनौट हुनेछ। समूह चरणमा पाएको अंकसमेत सुपर ६ चरणमा जोडिनेछ । सुपर ६ चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ टिम विश्वकप २०१९ खेल्न छनौट हुनेछ। उज्यालोअनलाइन