डिभिजन टू क्रिकेट : नेपालले पायो १ सय ७८ रनको लक्ष

विर्तामोड / व्याटिङमा उल्लेख्य प्रगति गर्न नसकेको नेपालका लागि युएइले २ सय ७८ रनको लक्ष्य दिएको छ ।

नेपालले आफ्नो व्याटिङमा सुधार गर्दै टिकेर खेलेको खण्डमा यो स्कोर मिड गर्न असम्भव भने छैन ।

तर नेपालले डिभिजन टू को चालु प्रतियोगितामा पाएको यो सबैभन्दा धेरै स्कोरको लक्ष्य हो ।

यूएईले नामिबियामा बिहीबार भएको खेलमा टस जितेर निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन जोडेको हो ।

युएईका लागि अस्फाक अहमदले ११४ रन जोडे । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १र १ विकेट लिए ।