गायक तेजकुमार खवासको ‘उजाड मेरो’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो) भिडियोमा सञ्जय र मेलिनाको रोमान्स

गित संगीत मनोरञ्जन मोडलिङ समाचार

विर्तामोड / गायक तेजकुमार खवासको आवाजमा रहेको ‘उजाड मेरो’ गीतको म्यूजिक भिडियो बिहीबार यूटुब मार्फत सार्वजनिक भएको छ ।

बुढासुव्बा म्युजिक कम्पनीबाट भिडियो सार्वजनिक भएको गायक खबासले बताए ।

काठमाण्डौंको बुढानिलकण्ठमा सुटिङ भएको उक्त गीतको म्यूजिक भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन ।

पुस्कर सुनुवारले एरेन्ज गरेको भिडियो उत्सव दाहालले क्यामेरामा कैद गरेका छन् । भिडियोमा सञ्जय पौडेल र मेलिना राईले रोमान्स गरेका छन् ।

भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् भने गीतको शव्द शिवकुमार दनुवारले लेखेका हुन । उजाड मेरो बोलको सो गीत गायक खबासको ह्यापी एल्बममा समाबेस छ ।