बलर सन्दिप लामिछाने डिभिजन टू को उत्कृष्ट खेलाडी

काठमाडौं/नेपाली युवा बलर सन्दिप लामिछाने डिभिजन टू प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् ।

नेपालले फाइनल गुमाए पनि सन्दिप ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भएका हुन् । उनले ६ खेलमा १७ विकेट लिएका थिए ।

आयोजकको यो निर्णयमा यूएईका कप्तान रोहन मुस्तफाको भने विरोध रहृयो । उनले ‘प्लेयर अफ दि टुर्नामेन्ट’को उपाधि आफूले पाउनु पर्ने दाबी गरेका छन् ।

१३ विकेट लिएका उनले १८३ रन बनाएका थिए । सन्दिप आईपीएल टिममा आवद्ध भएका कारण उनलाई यो उपाधि दिइएको उनको दाबी थियो ।

सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली खेलाडी हुन् । उनी यसै सिजन आईपीएल टिम दिल्ली डियरडेभिल्समा आवद्ध भएका छन् ।

यूएईविरुद्धको शतकसँगै नेपाली कप्तान पारस खड्का २४१ रनसहित प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । अनलाइनखबर