गजल

दुर्गाप्रसाद कडरिया (झापाली कान्छो )


आज आफैंसँग लडाई लडेर आएँ
पिरतीको बसाइमा घुँडा टेकेर आएँ

काँचको सिसा जस्तो रहेछ जिन्दगी
सारा सपनाहरु काँचसरी टुटेर आए

भन्थिन तिम्रो साथ जस्तो अरु केही छैन
आज पराइको अँगालोमा खेखेर आएँ

पहाडनै हल्लाउछु भन्थे जिन्दगीमा
आफ्नै भाग्यमा नै खोट भेटेर आएँ