‘प्रदेश नं १ खेलकुद हब बन्छ’ -मुख्यमन्त्री राई

विर्तामोड / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले प्रदेश १ लाई खेलकुद हबको रुपमा विकास गर्न चाहेको बताएका छन् ।

शनिबार विर्तामोडमा तेस्रो संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै मुख्य मन्त्री राइले युवाहरुको शारिरीक मानसिक विकास गर्न खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए ।

खेलकुद सम्बन्धी नीतितथा कार्यक्रममा बजेटको व्यवस्था गरी खेलग्राम सहितको अन्तराष्ट्रिय रंगशालाको निर्माण गर्ने योजना प्राथमिकतामा पर्ने पनि जानकारी दिए । खेलकुद महाविद्यालय खोल्ने योजना रहेको छ, मुख्यमन्त्री राइले भने ‘राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडीलाई सम्मान गर्दै उनीहरुको निर्वाहको बन्दोबस्त गर्ने तयारी गर्ने छौं ।’

उनले प्रदेश नं १ का खेलाडीलाई देशकै एक नं बनाउने प्रतिबद्धता जनाए ।

प्रत्येक जिल्लामा खेलसँग सम्बन्धित रंगशाला निर्माणलाई प्राथमिकतामा राखेर क्षेत्र क्षेत्रबाट खेलाडी उत्पादन गर्ने योजना रहेको पनि उनले सुनाए ।
प्रदेश सरकारले आगामी दिनमा खेलकुदलाई प्राथमिकतामा राख्ने छ र सिंगो प्रदेश नं १ लाई पहिलो नम्बर बनाउने छ । मुख्यमन्त्री राइले संविधान कार्यान्वयनसँगै तिनवटै तहका सरकार बन्ने तयारी भइरहेको बताउदै केन्द्रमा पनि झापाकै नेता प्रधानमन्त्री भएकाले यहाँको खेलक्षेत्रले पक्कै प्रगती गर्ने विश्वास व्यक्त गरे ।

उनले झापा गोल्डकपले नेपालको राष्ट्रिय खेलकुदको क्षेत्रमा योगदान पुर्याउन कोसेढुङगा सावित हुने पनि विस्वास व्यक्त गरे । मुख्यमन्त्री राइले प्रधानमन्त्री केपी ओली कार्यव्यस्तताले आउन नसक्नु भएकोले उहाँले पठाएको सफलताको शुभकामना सन्देश पनि जनाकारी गराए ।

देशमा स्थिर र बलियो सरकार बनिसकेको हुनाले खेलकुदको वकास हुनेमा ढुक्क हुन आग्रह गरे ।

उद्घाटनका अवसरमा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, खेलकुद आयोजक समितिका बरिष्ट उपाध्यक्ष बलराम कार्कीलगायतले फुटबल सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रदेश नं १ का संघीय मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, झापा क्षेत्र नं ३ का प्रदेश सभासद् बसन्त बानियाँ, पूर्व साँसद सुधिर शिवाकोटी, एमाले झापा जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतको उपस्थिती थियो ।