केकी र नारायणको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गित संगीत मनोरञ्जन मोडलिङ समाचार

काठमाडौं / कार्यक्रम प्रस्तोता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नवीनबाबु गुरुङको निर्देशनमा तयार पारिएको उक्त सार्वजनिक गरिएको हो ।

नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित भएका कडरिया आफैँले गीतमा स्वर दिएका छन् ।

गीतको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेको म्यूजिक भिडियोमा नारायणसँगै नायिका केकी अधिकारीलाई देख्न सकिन्छ ।

नेपाली सांगीतिक क्षेत्रमा नयाँ नाम भए पनि नारायण नवीनतम् प्रस्तुतिका कारण युवामाझ लोकप्रिय छन् । उनको म्यूजिक भिडियो रिलिज हुनुअघि नै चर्चामा रहेको थियो । सामाजिक सञ्जालमा पनि नारायणको म्यूजिक भिडियोको चासो निकै देखिएको थियो ।

एजुकेशन पार्कले प्रायोजन गरेको म्यूजिक भिडियो कुलेखानी आसपासका क्षेत्रमा छाँयाङकन गरिएको गायक कडरियाले बताए ।