सान्जेन जलविद्युत् र रसुवागढी हाइड्रोपावरमा ६० हजारले दिए आवेदन

आर्थिक समाचार बैंक सूचना प्रबिधि

काठमाडौं / सान्जेन जलविद्युत् र रसुवागढी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको प्राथमिक सेयरमा सोमबारसम्म ६० हजार जनाले आवेदन दिएका छन् ।

सान्जेन जलविद्युत् कम्पनीमा ३० हजार जनाले सेयर भरेका छन् भने रसुवागढी हाइड्रोपावरको आईपीओ पनि ३० हजार जनाले नै सेयरमा दरखास्त दिएको बिक्री प्रबन्धक कम्पनीले बताएका छन् ।

सान्जेनमा सोमबारसम्म ३० हजार जना आवेदकबाट ७८ करोड रुपैयाँबराबरको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । सान्जेनले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँको ७१ लाख १७ हजार ५ सय कित्ता आईपीओ खुला गरेको हो । रासस