झापा गोल्डकप : आजबाट सेमीफाइनल खेल सुरु

खेलकुद समाचार स्थानीय

विर्तामोड / विर्तामोडमा जारी तेस्रो संस्करणको रमपम झापा गोलडकपमा आजबाट सेमीफाइनलका खेलहरु सुरु हुँदैछन् ।

शुक्रबार हुने पहिलो सेमिफाइनल खेल घरेलु टोली झापा ११ र थ्रीस्टार क्लव काठमाण्डौंका बिच दिउसो ३ बजेदेखि डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

झापा ११ क्वार्टर फाइनलमा भारतको सिक्किम युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको टीम हो ।

रुस्लान थ्रीस्टार क्लव विभागिय टोली सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै झापा ११ सँगको भेट पक्का गर्ने टोली हो । यी दुबै टोली उपाधिका दाबेदार मानिन्छन् ।

थ्रीस्टार क्लव र झापा ११ बिचको विजेता टोली फाइनलमा प्रवेश गर्ने छ भने त्रिभुवन आर्मी र मनाङ मस्याङदी बिचको खेलबाट विजयी हुने टोलीको फाइनलमा उपाधीका लागि प्रतिष्पर्धा हुनेछ ।

मनाङले सहारा फुटबल क्वल पोखरालाई पराजित गरेको थियो भने विभागिय टोली आर्मीले अर्को विभागिय टीम नेपाल पुलिस क्लवलाई पराजित गरेको थियो ।

उपाधि विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख राशीको पुरस्कार शिल्ड तथा प्रमाण पत्र पाउने छन् ।