माओबादीको तर्फबाट महरा सभामुख पदको उम्मेद्वार

माओवादी केन्द्रले कृष्णबहादुर महरालाई संसदको सभामुख बनाउने निर्णय गरेको माओवादी नेता शक्ति बस्नेतले सामाजिक सञ्जाल ट्वीटर मार्फत् सार्वजनिक गरेका छन्।

उनले भनेका छन्, ‘प्रतिनिधिसभाको सभामुखमा पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय।’

संघीय संसदले तय गरेको कार्यतालिका अनुसार प्रतिनिधि सभाका सभामुखको निर्वाचनका लागि शुक्रबार राजनीतिक दलहरुले आ-आफ्ना उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताइएको छ। वाम गठबन्धन एउटै दल बन्ने प्रकृयामा रहेको र सभामुख अनि उपसभामुख फरक दलको हुनपर्ने भएकाले एक पदमा आफूहरुको दावी रहेको कांग्रेसको भनाई छ। बीबीसी