अन्तिम दुईमा प्रवेशका लागि झापा ११ र थ्रिस्टार भिड्दै

खेलकुद समाचार

विर्तामोड / फाइनल प्रवेशका लागि विर्तामोडमा जारी रमपम झापा गोल्डकपमा आज घरेलु टोली झापा ११ र रुस्लान थ्रिस्टार क्लव बिच खेल जारी छ ।

खेलको पहिलो हाफमा दुबै टोलीले राम्रा अवसर सृजना गरे पनि गोेल गर्न सकेका छैनन् ।  खेल विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भईरहेको छ ।

झापा ११ र थ्रिस्टारको भिडन्त अन्तिम दुईमा स्थान सुरक्षित गर्नका लागि भइरहेको छ । दुबै टीमले मध्यान्तर अघिसम्म गोलरहित बराबरी खेलेका छन् ।