शनिबारदेखि हल्दिबारीमा वडास्तरीय फुटबल टुर्नामेन्ट हुने

खेलकुद समाचार स्थानीय

विर्तामोड / झापाको हल्दिबारी गाँउपालिकाले ‘प्रथम हल्दिबारी गाँउपालिका वडास्तरीय नकआउट फुटबल टुर्नामेन्ट २०७४’ आयोजना गर्ने भएको छ ।

आयोजकले सार्वजनिक गरेको प्रतियोगिताको टाइसिट

हल्दिबारीले स्थानीय तहको निर्वाचनपछि पहिलो पटक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय तह घोषणा भएको उपलक्ष्यमा युवा तथा खेलकुद विकास समिति हल्दिबारी गाँउपालिकाको आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता नकआउट चरणमा सञ्चालन हुने आयोजकले जनाएको छ । हल्दिबारी गाँउपालिका वडा नं २ स्थित हल्दिबारी माध्यमिक विद्यालयको प्राङगढमा प्रतियोगिता सञ्चालन हुनेछ ।

टुर्नामेन्टको विजेता टीमले नगद २५ हजार र उपविजेता टीमले नगद १५ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीले नगद १ हजार ५०० वेष्ट प्लेयरले १ हजार ७०० र प्रत्येक खेलको म्यान अफ द म्याचले १००० रुपैया प्राप्त गर्ने बताइएको छ ।

फागुन २६ गतेदेखि सुरु हुने प्रतियोगिता चैत ३ गते शनिबार सम्पन्न हुनेछ । उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रम सहित कराँते काटा प्रदर्शनका साथै स्थानीय तहका कर्मचारी र जनप्रतिनीधि बिच मैत्रीपूर्ण उद्घाटन खेल हुने आयोजकले जनाएको छ ।

स्थानीय तहको निर्वाचन पछिको पहिलो प्रतियोगिता आयोजना गरिएको हुँदा आयोजकले सबैको सहयोगको अपेक्षा गरेको छ ।

-फोटो हल्दिबारी गाँउपालिकाको फेसबुकबाट