चिया मजदुर र स्वयम् सेविकाको निःशुल्क बिमा गर्दै हल्दिबारी

हल्दिवारी / झापाको हल्दिबारी गाउँपालिका २ नं वडाले पहिलो पटक चिया मजदुर र महिला स्वयम् सेविकाहरुका लागि निःशुल्क बिमा शुरु गरेको छ ।
महिला स्वयम् सेविका र विपन्न चिया मजदुर परिवारलाई पहिलो चरणमा ५० हजारको निःशुल्क स्वास्थ्य बिमा शूरु गरिएको हल्दिबारी २ नं वडा अध्यक्ष राजेन्द्र योङहाङले जानकारी दिए ।

६ घर परिवारका २७ जना महिला स्वयम् सेविका र २१ घर परिवारका विपन्न चिया मजदुर १११ जनालाई ७५ हजार रुपैँया बराबरको विमा गरि स्वास्थ्य उपचारमा सहयोग गर्ने कार्यको थालनी गरेको अध्यक्ष योङहाङ्ले जानकारी दिए ।

साना चिया किसान र ठूला गरी हल्दिबारी गाउँपालिकामा हजारौ विगाहा जमिनमा चियाको खेती हुने गर्दछ । हल्दिबारीमा ५ वटा चिया प्रशोधन मिल समेत रहेका छ्न ।