इलाममा शनिबार  विस्फोट, बिस्फोटमा परि एकजनाको मृत्यु

इलाम / इलाममा शनिबार  विस्फोट भएको छ । बिस्फोटमा परि एकजनाको मृत्यु भएको छ ।

मृत्यू हुनेमा इलाम नगरपालिका–९, पुवाजुङ घर भइ भन्ज्याङमा होटल गर्ने २८ वर्षीय विकास राई रहेको प्रहरीले जनाएको छ ।

घटना विवरण अनुसार इलामको भन्ज्याङमा विस्फोट भएको र विस्फोटका कारण ठूलो आवाज आएको स्थानीयहरुले बताएका छन् ।

राईको शनिबार साँझ उपचारका लागि इलाम अस्पताल ल्याउँदै गर्दा बाटैमौ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घटना स्थल आसपास सलाईका काँटी र जीआई पाइपका टुक्राहरुसमेत फेलापरेको बताइएको छ । माछा मार्न ब्लास्टिङ बनाउने क्रममा बिस्फोट भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

राईले पहिले पनि माछा मार्ने क्रममा व्लास्टिङ बनाउने गरेको बताइएको छ । विस्फोटको कारण खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।