जन्ती बोकेको ट्याक्टर दुर्घटना, २५ घाइते

अपराध समाचार समाज

मोरङ / मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आइतबार बिहान जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २ त २०३७ नम्बरको ट्याक्टर बिहान २:३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ।

घाइतेहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। रासस