हत्या गरि बोरामा पोको पारेको अवस्थामा सुनचाँदी व्यवसायीको शव भटियो

विर्तामोड / गत फागुन २० गतेदेखि हराइरहेका विर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्या गरी बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ ।

उनको शव धारिलो हतियार प्रयोग गरी हत्या गरेर बोरामा पोको पारी फालेको अवस्थामा २८ गते इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भेटिएको थियो । उनी सुनचाँदी व्यवसायी संघ झापाका सदस्य समेत हुन ।

श्रीमतीलाई घरबाट बजार जाने भन्दै निस्किएका मुखियाको मेची राजमार्गको लसुने, अर्यालचोक सडकखण्डको जमुने डाँडामा सडकबाट करिब २० फिट तल जुटको बोरामा हालेर फालिएको अवस्थामा शव फेला परेको हो ।

मुखियाको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पलाल भद्रपुर लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको विर्तामोड प्रहरीले  जनाएको छ ।