६ न्यायाधीशद्वारा इजलास बस्न अस्वीकार, प्रधानन्यायाधीश पराजुली नैतिक संकटमा

काठमाडौं / सर्वोच्च अदालतका ६ न्यायाधीशले इजलास बस्न अस्वीकार गरेपछि प्रधानन्यायाधीश गोपाल पराजुली नैतिक संकटमा परेका छन् ।
न्यायाधीश चालेन्द्रशम्शेर जबराले प्रधानन्यायाधीश पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरेपछि उनी नैतिक संकटमा परेका हुन ।

तर, न्यायाधीश पराजुलीले नै मंगलबार दैनिक पेशी तोकेका थिए ।

मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका हुन् ।

प्रधान न्यायाधीश पराजुली अहिले विबादमा छन् । कार्की र मल्लको इजलास ८, श्रेष्ठ र सिन्हाको ९ र खतिवडा र भट्टराईको इजलास नम्बर १० छ । सर्वोच्च प्रशासनले इजलास ८ र ९ को बेञ्च नबसेको जानकारी दिएको छ ।