पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई पितृशोक

 विर्तामोड / नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई पितृशोक परेको छ । अध्यक्ष सापकोटाका ८१ बर्षिय बुवा युवनाथ सापकोटाको मंगलवार निजि निवास शिवसताक्षि–७ शिवगञ्जस्थित चन्द्रडागीमा मृत्यु भएको हो ।

उनी लिभर क्यान्सरबाट पीडित थिए । एक महिना अघि ओम हस्टिपटल काठमाडौं र भक्तपुरस्थित क्यान्सर हस्पिटलमा उपचाररत सापकोटालाई डाक्टरकै सल्लाहमा घर ल्याइएको थियो ।

उनका दुई श्रीमती हुमादेवी र दिलकुमारी सापकोटा छन् । सापकोटाका ५ छोरा होमप्रसाद, दिलप्रसाद, जयप्रसाद, कमलप्रसाद र तारामणि सापकोटा रहेका छन् । जसमध्ये जेठो होमप्रसादको पहिल्यै निधन भइसकेको परिवारले जनाएको छ । स्व. सापकोटाका दुई छोरीहरु भीमा काफ्ले र लक्ष्मी रहेका छन् ।

दिउसो एक बजे निधन भएका सापकोटाको चन्द्रडागी पूर्व कन्काई माइमा ४ बजे अन्त्यष्टी  गरिएको पारिवारिक स्रोतले जनाएको छ ।