विश्व प्रसिद्ध वैज्ञानिक हकिङको निधन

देशबाहिर बिज्ञान प्रबिधि

लण्डन /भौतिकशास्त्रका विद्वान सिद्धान्तकार एवं प्रचलित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका बेलायती लेखक स्टेफन हकिङको ७६ वर्षको उमेरमा लण्डनमा निधन भएको छ ।

सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ।
हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले बीबीसीसँग भनेका छन्— ‘आज हाम्रा प्रिय बुबा बित्नुभएको छ, हामी मर्माहत छौं।’
केही तथ्यहरु :
  • उनकाे जन्म सन् १९४२, जेनेवरी ८ मा भएको हो ।
  • १९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा न्याचुरल साइन्स पढ्ने अवसर पाए । त्यसपछि क्याम्ब्रिजबाट विद्यावारिधी गरे ।
  • १९६३ मा उनलाई मोटर न्यूराेन भन्ने राेग देखियो । त्यसबेला उनी २ वर्ष मात्रै बाँच्ने बताइएको थियो ।
  • १९७४ मा उनले ब्ल्याक होलले ‘हकिङ रेडियसन’ फाल्छ भन्ने सिद्धान्त प्रतिपादन गरे ।
  • १९८८ मा प्रकाशित उनले लेखेको किताब‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ कराेडभन्दा बढी प्रति विक्री भइसकेकाे छ  बीबीसी