कुबेर राईको ‘कुल्चियोकी पराइले’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

विर्तामोड / बरिष्ठ गायक कुबेर राईको स्वर तथा संगीत रहेको कुल्चियोकी पराइले गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

तिहारमा लगाइने भाईटीकामा चेली र माइती बिचको माया ममतालाई समेटेर तयार पारिएको गीतको रचना इलामका सञ्चारकर्मी जीवन शर्माले गरेका हुन ।

गीतको शव्द तथा म्यूजिक भिडियो निर्देशन गरेका शर्माले माइतीको भूमिकामा अभिनय समेत गरेका छन् ।

भिडियोमा अर्का सञ्चारकर्मी धड्कन शर्माको पनि अभिनय देख्न पाइन्छ ।

स्थानीय कलाकारलाई समेटेर तयार पारिएको गीतमा तिहारमा चेलीले गरेको माइतीको प्रतीक्षा र मुग्लान छिरेको माइती समयमा आउन नपाउँदाको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको पत्रकार धड्कन शर्माले बताए ।

गीतमा बर्षा काफ्ले र सम्झना रसाइलीले चेलीको भूमिका निर्वाह गरेका छ्न भने जीवन शर्मा ,धड्कन शर्मा, सुमन शर्माले माइतीको भूमिका निभाएका छन ।

मनोरञ्जन नेपालले सार्वजनिक गरेको भिडियोलाई हिकस राइले छायांकन तथा सम्पादन गरेका हुन् ।

                                                                                         ( हेर्नुहोस भिडियो )