हस्तमैथुन स्वास्थ्यका लागि फाइदा कि बेफाइदा ?

एजेन्सी / हस्तमैथुनका सम्बन्धमा समाजमा अनेक धारणा रहेका छन् । कतिले यसलाई समस्या मानेका छन्, कतिले समधान । एकथरीको तर्क छ, हस्तमैथुनको स्वास्थ्यमा कुनै हानी छैन । बरु, यसले यौन आवेग शान्त गर्छ ।

यौन कुण्ठा हटाउँछ । मनोविकार हटाउँछ । अर्को फाइदा त के भने, हस्तमैथुनले बलात्कार जस्ता आपराधिक कृत्य कम गर्न सघाउ पुर्‍याउँछ । किनभने यसले क्षणिक रुपमा यौन उत्तेजना शान्त गर्छ ।

तर, किशोरवयमा पुगेपछि बढ्दो यौन चाहाना शान्त गर्न किशोररकिशोरीले यौनाङ्गमा स्पर्श गर्छन् । उनीहरुले यो कुरा खुलेर बाहिर भन्दैनन् । र, उनीहरुलाई लाग्छ, ‘कतै मैलें नराम्रो काम त गरिरहेका छैन ?’

यस्तै भावनाले उनीहरुमा हिनताबोध पैदा हुनसक्छ । विज्ञानले यसलाई गलत भन्दैन । हस्तमैथुनलाई स्वास्थ्यका लागि राम्रो र सामान्य मानिन्छ ।

अष्ट्रेलियाको सिड्नीस्थित युनिभर्सिटीकी ‘पब्लिक हेल्थ साइन्टिस्ट’ एन्थोनी सान्टेलाका अनुसार हस्तमैथुनले मधुमेह, प्रोस्टेट क्यान्सर र युरिन सम्बन्धी समस्या कम हुन सक्छ । अनुसन्धानमा सहभागी ९४ प्रतिशत पुरुषले आफूले हस्तमैथुन गर्ने गरेको स्वीकार गरेका थिए भने ८५ प्रतिशत महिलाले पनि आफूले हस्तमैथुन गर्ने गरेको स्वीकारका थिए ।जसमा केही गर्भवती महिला पनि सामेल थिए ।

अनुसन्धानबाट प्राप्त नजिता अनुसार कुनै महिलाले हस्तमैथुन गर्छन् भने उनीहरुमा ‘गर्भाशयमा हुन सक्ने संक्रमण’ र ‘मुत्र मार्गमा हुने संक्रमण’को सम्भावना कम हुन जान्छ ।यस्तै हस्तमैथुनले निन्द्रा नलाग्ने समस्या र तनावबाट पनि छुट्कारा मिल्छ । यस बाहेक हस्तमैथुन गर्नाले गर्भाशय नजिकको भाग पनि मजबुत हुन्छ । अध्ययनमा यो पनि पाइयो कि हस्तमैथुनले क्यान्सरबाट पनि जोगाउन मद्दत गर्छ ।

अध्ययनका अनुसार जो पुरुष नियमित रुपमा हस्तमैथुन गर्छन्, उनीहरुमा प्रोस्टेट क्यान्सरको खतरा एकदमै न्यून हुन्छ । प्रोस्टेट ग्रन्थीबाट निस्कने विषाक्त पदार्थ (टोक्सिन) हस्तमैथुनका क्रममा निस्कन्छ र प्रोस्टेट क्यान्सरको सम्भावना पुरुषमा कम हुन जान्छ । त्यस्तै एक अष्ट्रेलियन जोडीले दावी गरेका छन् कि हस्तमैथुन गर्नाले ‘डिप्रेसन’बाट पनि छुट्कारा पाउन सकिन्छ । हस्तमैथुनका समयमा तनाव कम गर्ने ‘एन्ड्रोफिन’ उत्पादन हुन्छ, जसका कारण व्यक्ति खुशी रहन्छन् । यसले ‘कोर्टिसोल’ हर्मोनमा बृद्धि हुन्छ र शरीरको ‘प्रतिरक्षा प्रणाली’ मजबुत बनाउन मद्दत गर्छ ।

यस्तै उक्त अध्ययनमा दावी गरिएको छ कि हस्तमैथुनले निन्द्रा नलाग्ने रोग र डिप्रेसन निदान हुन्छ र प्रतिरक्षा प्रणाली समेत मजबुत हुन्छ । उक्त अध्ययनमा यो पनि दावी गरिएको छ कि हस्तमैथुनबाट चाँडै नै सेक्सको चरम आनन्द समेत प्राप्त गर्न सकिन्छ । जसले नियमित चरम आनन्द प्राप्त गर्छन् उनीहरु तनावबाट मुक्त हुन्छन् भने उनीहरुको रक्तचाप पनि सामान्य रहन्छ र शरीरमा हुने पीडाबाट उनीहरु टाढा रहन्छन् । उक्त अध्ययनका अनुसार हस्तमैथुन गर्नाले आफ्नो ‘पार्टनर’लाई पनि खुशी बनाउन सकिन्छ अर्थात हस्तमैथुन गर्ने व्यक्तिको प्रस्तुति ओछ्यानमा पनि राम्रो हुन्छ ।

हस्तमैथुन के हो  ? 
यौनान्द लिनका लागि जब आफ्नो यौनाङ्ग स्पर्श गरिन्छ, हस्तमैथुन त्यही हो । हरेकले यो आ-आफ्नै ढंगले गर्छन् । हस्तमैथुनको क्रममा उनीहरु यौनजन्य दृश्य, वस्तु आदिको कल्पनामा डुब्छन् ।

के यसले स्वास्थ्यमा हानी गर्छ ? 
हस्तमैथुनले स्वास्थ्यमा कुनै हानी गर्दैन । हस्तमैथुनले पागल वा अन्धा बनाउँदैन । हस्तमैथुन गर्दा आँखको तल कालो हुने वा शारीरिक विकास रोक्ने पनि गलत कुरा हुन् । सत्य त के भने, यसले हाम्रो तनाव कम गर्छ । शरीरमा खुसी संचार गराउँछ । खुसी ल्याउने हर्मोन इन्डारफिन्स श्राव गराउँछ । यसले रिल्याक्स महसुष हुन्छ ।

साथै हस्तमैथुनले सुत्नका लागि सहयोग गर्छ, निजी अंगलाई सक्रिय राख्छ । हस्तमैथुनले स्वास्थ्यमा हानी नपुर्‍याउने मात्र होइन, बरु यौन सम्पर्कभन्दा यो सुरक्षित र गोप्य पनि हुन्छ । यौन सम्पर्कमा कतिपय खतरा वा समस्या हुन्छ, जो हस्तमैथुनमा हुँदैन । यसले यौनजन्य रोगहरु सर्ने भय पनि हुँदैन ।

के हस्तमैथुन गर्नु गल्ती हो ? 
हस्तमैथुन गल्ती होइन । यो आनन्द अनुभूत गर्ने प्राकृतिक तरिका हो । यसले स्वंमलाई आनन्द दिलाउँछ । यो नितान्त व्यक्तिगत कुरा पनि हो । सार्वजनिक स्थानमा यस्तो काम गर्नु गैर कानुनी मानिन्छ । हस्तमैथुन युवायुवती दुबैले गर्छन् । युवाहरुमा १७ बर्षको उमेरपछि हस्तमैथुनको इच्छा तिब्र हुन्छ ।

युवतीका लागि 
तुलनात्मक रुपमा युवतीहरुलाई हस्तमैथुन गर्न असहज हुन्छ । उनीहरु आफ्नो यौनाङ्ग खेलाएर वा योनीमा कुनै बस्तु घुसाएर आनन्द लिन्छन् । यस्तो गर्नु त्यसबेलासम्म सुरक्षित हुन्छ, जब त्यो कष्टरहित हुन्छ ।

ख्याल गर्नुपर्ने कुरा के भने, यसरी हस्तमैथुन गर्दा सही र सुरक्षित ढंगले गर्नुपर्छ । घाउ, चोट लाग्ने, अड्कने, ब्याक्टेरिया फैलने कुरामा सर्तक हुनुपर्छ । फोहोर एवं असुरक्षित चिज प्रयोग नगरौं ।