तीर्थ सिग्देलको ‘पूर्वको राजनीति’ पुस्तक बजारमा

विर्तामोड / झापाका तीर्थ सिग्देलले ‘पूर्वको राजनीति’ नामक पुस्तक बजारमा ल्याएका छन् । झापाली पत्रकारितामा विगत दुई दशकदेखि क्रियाशील सिग्देलको पुस्तक ‘पूर्वको राजनीति’ बिमोचन भएको हो ।
पुस्तक विशेष गरी राजनीतिसँग सम्बन्धित रहेको छ । ‘खासगरी २००४ सालमा बिराटनगरमा भएको जुटमिल आन्दोलनदेखि झापा बिद्रोह हुँदै प्लेन अपहरणदेखि छिन्तांग काण्डहरुको बिष्लेषण गर्ने हो भने पुर्वमा धेरैको रगत बगेको छ ।
 
त्यति मात्र होइन, मातृकाप्रसाद कोइराला,बीपी कोइराला, सुर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, गिरीजाप्रसाद कोइराला,मनमोहन अधिकारी, झलनाथ खनाल र केपी ओलीहरु जो नेपालका प्रधानमन्त्री भए, उनीहरु पूर्व कै हुन्, उनले भने ‘पूर्वले नेपालको राजनीतिमा बिशेष अर्थ राख्छ, उनी थप्छन्, ‘राजनीति गर्नेहरूलाई यो पुस्तक अत्यावश्यक छ ।
जुनसुकै पेशामा पनि अनुभवको खाँचो पर्दछ । त्यस विषयमा दख्खल राख्न जरुरी छ । राजनीतिक घटनाक्रम र त्यसमा आएका उतारचढावको आँकलन गर्न गर्न सकेन भने ऊ असफल पनि हुन सक्छ ।’ उनले आफ्नो पुस्तक नवोदित पत्रकारहरूका लागि पनि आधारभूत सिकाइका स्रोत बन्नसक्ने बताए ।
सिग्देलका अनुसार उक्त पुस्तकमा हालको प्रदेश १ को राजनीतिक घटनाक्रम समेटिएको बताए । आफूले यस पुस्तकामा प्रदेश १ को राजनीतिक घटनालाई खोजी गरेर लेखेको बताए । उनले भने,‘ खासमा म खोज र अनुसन्धानमा आधारित भएर लेख्ने लेखक हँ ।
यसपटक बजारमा आएको यो पुस्तकमा मैले पूर्वको ऐतिहासिक घटनाक्रमहरूलाई समेटेको छु । यस बिषयलाई जहिल्यै पनि बेवास्ता गरियो ।’ देशको राजनीतिक परिवर्तनमा योगदान पुर्याएको पूर्वको राजनीतिक घटनाक्रमहरू बिलाउँदै गएका ती तथ्यलाई खोजी गरेको लेखक सिग्देलले जानकारी दिए ।
अहिले प्रदेशको सिमांकन र नामांकनको मुद्धा चर्किरहेको बेला बजारमा आएको यस पुस्तकले पूर्वमा एकप्रकारको तरंग नै ल्याएको महसुस गर्न सकिन्छ । १ नं. प्रदेशको नाम किरात, सगरमाथा वा अरु नै कुनै रहने भन्ने मुद्दा पेचिलो बन्दै गएको अवस्थामा सहजिकरण गर्न यो पुस्तक एउटा महत्वपूर्ण सन्दर्भ सामग्री हुनेछ नेपालको आधुनिक राजनीतिक इतिहासमा पूर्वको बेग्लै महत्व छ ।
राज्यको पुनसंरचनापछि १ नं. प्रदेशको रुपमा रहेको यो क्षेत्रमा समग्र नेपालको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक विशेषता रहेको छ । हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको यस क्षेत्रले विकास र समृद्धिको पनि नेतृत्व गर्ने निश्चित छ ।
यहि सेरोफेरोमा पूर्वका क्रियाशिल पत्रकार तीर्थ सिग्देलको महत्वपूर्ण पुस्तक पूर्वको राजनीतिले बजार तताएको छ । पत्रकार सिग्देलले यसअघि उनको गत वर्ष आफ्नै अनुभवमा आधारित भएर ‘जीवनको गति’ नामक पुस्तक प्रकाशन गरिसकेका छन । उनको यो पुस्तकलाई मिडिया रिसर्च सेन्टरले प्रकाशनमा ल्याएको हो ।