कविता (भमरा र फूल……!!!)

    कृष्णप्रसाद पाठक /श्री दुर्गामावि गरामनीका प्रधानाध्यापक हुन् ।


 भमरा र फूल……!!!

तिमी फूल बनेर फूली दियाै

म भमरा बनेर चुमी दिएँ

तिम्ले फूलेर सुगन्ध छरिदियाै

दुनियाँ भूलेर तिम्लाई भेट्न अाएँ ।

कस्ताे सम्बन्ध हाे याे हाम्राे

कहाँ तिमी थियाै कहाँ म थिएँ

कस्ताे खवर पठायाै हावालाई

खाेज्दै खाेज्दै तिम्रै समीप अाएँ ।

तिम्रा हरेक पत्र-पत्रमा नाचेर

म थकित भएर निदाएँ

कुन स्वादले छाेयाे मलाइ

म त तिमी भित्र कहाँ-कहाँ विलाएँ ।

याे रतिक्रियामा सामेल भएर

तिम्लाई एक्लै छाेडेर जादैछु

संसार तिम्लाई नै जिम्मा भाे

फक्रेर फूल अनि फेरि अाउनेछु ।

जाने र अाउने पनि खेल हाे

बाँच्ने र मर्ने पनि खेल नै हाे

तिमी फूले पछि म लाेभिनु

प्रकृतिमा अनाैठाे मिलन हाे ।।