यस्ता छन स्वस्थ बन्ने टिप्स : यी कुरा ख्याल गरे स्वस्थ बन्न सकिन्छ

जगिङ – जगिङले शरीरलाई स्वस्थ बनाउन विशेष भूमिका निर्वाह गर्छ । यसले शरीरको भित्री भागको बोसो बाहिर निकाल्नुका साथै रक्तसंचार पनि बढाउँछ । जगिङ गरेपछि दिनभरि तरोताजा महसुस हुन्छ । त्यसैले आफ्नो फिटनेसको चार्टमा जगिङलाई पनि समावेश गर्नुपर्छ ।

पौडी – जसरी योगले शरीरलाई चुस्त राख्छ त्यसैगरी पौडीले पनि शरीरलाइ फिट राख्छ । नियमित रूपमा पौडी खेल्नेहरूको पेटमा अनावश्यक बोसो लाग्न पाउँदैन । पौडी यस्तो व्यायाम हो जसले पूरै शरीरलाई फिट राख्न सहयोग गर्छ । ताजगीका लागि पौडी निकै आवश्यक छ ।

साइक्लिङ – शरीरको अनावश्यक बोसो घटाउने एउटा राम्रो उपाय साइक्लिङ हो । यसले शरीरमा रहेको बोसो राम्रोसँग पगाल्न सहयोग गर्छ । यसले फिटनेसलाई पनि यथावत् राख्छ । नियमित रूपमा साइक्लिङ गर्दा मोटोपन कम हुन्छ । साइक्लिङका कारण पेटमा दबाब पर्छ र पेट पनि घट्छ ।

ध्यान – साइक्लिङ तथा वाकिङले जोस प्रदान गर्छ भने ध्यानले पूर्णरूपमा शान्तिको अनुभव गराउँछ । यसले हाम्रो मनलाई एकाग्र बनाउँछ र जाँगर पैदा गर्छ  अनि शान्तिका अतिरिक्त भित्री रूपमा एक प्रकारको परिवर्तन महसुस गराउँछ । दिनहुँ १० देखि १५ मिनेट ध्यान गर्दा पनि मानिस स्वस्थ रहन्छ ।