मिस एसईई प्रोविन्स वान पहिलो छनौटबाट १८ युवती छानिए (फोटो सहित)

विर्तामोड / एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको पहिलो छनौट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडको होटल फ्लोरिडामा सम्पन्न अडिसनबाट १८ प्रतियोगी छनौट भएका छन् ।

सहभागी २८ जनामध्येबाट १८ जना अघिल्लो चरणका लागि छनौट गरिएको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।


एजुकेशन एण्ड माइग्रेसन कर्नर मुख्य प्रायोजक रहेको प्रतियोगिताको आगामी बैशाख २ गते बिराटनगर, ३ गते इटहरी, ४ गते धरान र ६ गते इलाममा छनौट कार्यक्रम आयोजना गरिने खरेलले जानकारी दिए ।

यो पटक प्रदेश नम्बर १ का १४ वटै जिल्लाबाट प्रतियोगीलाई सहभागी गराउने उद्देश्य आयोजकले राखेको छ ।

छनौट कार्यक्रमको निर्णायकमा आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी, सञ्चारकर्मी सुभला तामाङ, ग्रुमिङ डाइरेक्टर निलम गुरुङ, मिस एसईई २०१७ की फ्रस्ट रनरअप रीया आचार्य र एजुकेशन एण्ड माइग्रेसन कर्नरका बिर्तामोड शाखा व्यवस्थापक अग्नी प्रसाई रहेका छन् ।

प्रतियोगिताको बन्द शत्र आगामी बैशाख दोस्रो साताबाट शुरु हुनेछ । मिस एसईई लगत्तै ड्रिम्स वल्र्डकै ब्यानरमा हुन लागेको मिस मेचीको अडिसन समेत बुधबारै गरिएको छ । जसमा ८ जना युवती छनौटमा परेका छन् ।