श्रृंखला खतिवडा ‘२०१८ को’ मिस नेपाल

मनोरञ्जन मोडलिङ समाचार

काठमाडौँ / मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् । हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि  हेटौंडाकी २२ वर्षीया श्रृंखला खतिवडाले जितेकी हुन् ।

ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए ।

ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए । कान्तिपुर