सगरमाथा जुनियर्स कपको उपाधि आयोजकलाई

आयुष निरौला –

शान्तिनगर / न्यू स्टार बाल क्लब पिउरे इलामलाई हराउदै आयोजक सगरमाथा बाल क्लब बुद्धशान्ति -६ ले सगरमाथा जुनियर्स कप फुटबल २०७४ को उपाधि जितेको छ ।

आयोजकले न्यू स्टार बाल क्लब पिउरेलाई १-० ले पराजित गर्दै उपाधि जितेको सहजकर्ता संयोजक पुष्कर पौड्यालले जानकारी दिए ।

जितका लागि आयोजक सगरमाथा बाल क्लबका सन्दिप राईले खेल शुरु भएको ३ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो । प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले थुप्रै गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

विजेताले नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले ७ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाएको छ ।

खेलको म्यान अफ द म्याच आयोजकका अर्जुन राई, म्यान अफ द सिरिज आयोजककै अभिषेक राई घोषित भएको सहजकर्ता रबिन कोइरालाले जानकरी दिए ।

बुद्धशान्ति -६ स्थित आदर्श आधारभुत विद्यालयको प्राङ्गणमा भएको सेमीफाइनलमा आयोजकले इलाम नाख्खोपाको जुनियर्स डाइमण्ड बाल क्लबलाई र न्यू स्टार बाल क्लब पिउरेले स्वर्णिम बाल क्लब बर्नेलाई हराउदै फाइनलको यात्रा तय गरेका थिए ।

सगरमाथा बाल क्लबको प्रथम बार्षिकत्सवको अवसरमा आयोजना गरेको बाल क्लब स्तरीय सगरमाथा जुनियर्स फुटबल कप २०७४ मा झापाको बुद्धशान्ति गाँउपालिका र इलामको रोङ गाँउपालिकाको ८ वटा बाल क्लबको सहभागिता थियो ।