परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन जाने

राजनीति राष्ट्रिय समाचार

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किए लगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ ।

भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली आगामी सोमबार चीन प्रस्थान गर्ने तयारीमा जुटेका छन् ।

दुवै मुलुक वीच विगतमा भएका सहमति÷सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समिक्षा गर्न र उच्च स्तरिय भ्रमणको तयारीका लागि ज्ञवाली बेजिङ जाने तयारीमा जुटेका हुन् ।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुटेको बताइएको छ ।