बलभद्रको वार्षिक उत्सवमा विभिन्न व्यक्ति सम्मानित

बिद्यालय-कलेज शिक्षा समाज स्थानीय

धाइजन / झापाको मेचिनगर -११, धाइजनस्थित श्री बलभद्र जनता मावि ले ५८ औ वार्षिक उत्सवको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

समाजका विभिन्न अगुवा तथा सामाजिक व्यक्तित्वद्धारा स्थापना गरिएको र विद्यालयले संचालन गर्दै आएको दश विधाका पूरस्कारद्धारा शिक्षा क्षेत्रमा योगदान पूर्याउने व्यक्तिलाई सम्मान गरिएको थियो ।

जसमा जरा फाउन्डेसनद्धारा पत्रकारिता साहित्य एवम् शिक्षा क्षेत्रमा योगदान पुर्याएबापत रेडियो बिराटकी प्रबन्ध निर्देशक एवम् साहित्यकार लीला अनमोल र बिद्यालयका पुर्ब प्रअ। हनुमान नेपाललाई सम्मान गरिएको थियो ।

विद्यालयमा विविध मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रघुनाथ पाठकको अध्यक्षता तथा सांसद् कुमारी मेचेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

होमराज ढकालले सञ्चालन गरेको कार्यक्रममा मेची नगर नगरपालिका १ का वडा अध्यक्ष सन्तोश मेचे, रेडियो बिराट की प्रबन्ध निर्देशक लीला अनमोल, सांसद् कुमारी मेचे लगायतले मन्तव्य राखेका थिए ।

पुरस्कार र अक्षयकोषबारे रघुनाथ पाठकले जानकारी गराएका थिए ।