इलाममा बम विस्फोट

इलाम / इलामको चुलाचुली गाउँपालिकामा बम विस्फोट भएको छ । जिल्लाको चुलाचुली गाउँपालिकाको नवनिर्मित भवन लक्षित गरी शनिबार राति साढे आठतिर बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

फाइल फोटो


भवनको बैठक कोठामा बम विस्फोट भएको थियो । विस्फोटबाट कुनै मानविय क्षति नभएको तर भवनका नौवटा झ्याल र एउटा ढोकामा क्षति पुगेको बताइएको छ ।घटना कस्ले र के कारणले घटाएको भन्नेबारे अझै खुलेको छैन ।

घटनाको अनुसन्धानका लागि राति नै डीएसपी रमेश बस्नेतको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । उज्यालो अनलाइनमा खबर छ ।