मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

अपराध प्रदेश समाचार

विराटनगर / मोरङको कानेपोखरीस्थित खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गएको छ ।

कानेपोखरी–८ बस्ने २२ वर्षीय सुजन कोइरालाको मृत्यु भएको विराटचोक प्रहरी चौकीले जनाएको छ ।

उनी को २८ प ८०९० नम्बरको मोटरसाइकल चलाइरहेका थिए । सोही मोटरसाइकलमा पछाडी सवार सुन्दरहरैचा–८ का अनिस भट्टराईको

घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

कोइरालाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।