चारआलीमा रक्तदान

समाचार समाज स्थानीय

चारआली झापा / श्री कृष्ण युवा परिषद् नेपाल जिल्ला कार्य समिति झापाको प्रारम्भिक समिति चारआलीले आज चारआली बजारमा रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा २२ जनाले रक्तदान गरेका थिए ।

चारआली प्रारम्भिक समितिका अध्यक्ष मोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, श्री कृष्ण युवा परिषद नेपाल जिल्ला कार्य समिति झापा अध्यक्ष अनिल ढुंगाना लगायत युवा परिषदका विभिन्न जिल्ला पदाधिकारी, प्रारम्भिक समिति अध्यक्षलगायतको उपस्थिती रहेको थियो ।

श्री कृष्ण प्रणामी धर्मको स्थापना भएको ४०० वर्ष पुरा भएको खुशीयालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको श्री कृष्ण युवा परिषद नेपाल जिल्ला कार्य समिति झापाका अध्यक्ष अनिल ढुंगानाले बताए ।