बालापनको झल्को दिने कविताको ‘टालाटुली बाटुली’ गीत बजारमा (भिडियो सहित)

विर्तामोड / प्रमोद खरेल र कविता शिवाकोटीको आवाजमा रहेको ‘टालाटुली बाटुली’ गीतको भिडियो बजारमा आएको छ ।

सुगम संगितका प्रखर गायक खरेल र नवोदित गायिका कविताको आवाजमा सजिएको उक्त गीत मंगलबार यूट्यूबमार्फत बजारमा आएको हो ।

पछिल्लो पटक लोक आधुनिक गीत गाएर चर्चा कमाउँदै गरेकी गायिका कविताले प्रमोद खरेलसँग पहिलो पटक आफ्नो आवाज सेयर गरेकी हुन् ।

सागितिक क्षेत्रमा स्थापित गायक प्रमोदसँग गाएको यो गीत कविताको ‘कविता’ एल्बममै समावेश छ । रचनाकार किरण के उप्रेतीले बालापनको झल्को दिने मर्मस्पर्शी शव्द लेखेकाले गीतले बजारमा राम्रै धमाका मच्चाउने गायिका कविताको अपेक्षा छ ।

किरण के उप्रेतीको शव्द रचना रहेको गीतमा पुस्कर सुनुवारले संगीत दिएका छन् । काजिश श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोको अजय रेग्मीले क्यामेरामा कैद गरेका छन् ।

भिडियो दिपक विष्टको सम्पादनमा तयार भएको हो भने म्यूजिक एरेञ्ज सञ्जीव बराइलीले गरेका छन् । राजकुमार दर्जी र मनिशा शिरिश मगरले रोमान्स गरेको भिडियो विन्धबासिनी म्युजिक कम्पनीले बजारमा ल्याएको हो ।