कम्बोडियाको अन्तिम स्वतन्त्र अंग्रेजी दैनिक विक्री

बीबीसी  / कम्बोडियाको अन्तिम स्वतन्त्र अंग्रेजी दैनिकका रूपमा लिइने गरिएको एउटा अखबार एकजना मलेसीयाली व्यवसायीलाई विक्री गरिएपछि त्यहाँ प्रेस स्वतन्त्रतालाई लिएर चिन्ताहरू प्रकट भएका छन्।

नोम पेन पोष्टका नयाँ मालिक शिवकुमार गणपति हुन्, जो कम्बोडियाको सरकारसँग कुनै बेला काम गरेको एउटा जनसम्पर्क सम्बन्धी फर्मका निर्देशक हुन्।

उनले उक्त दैनिकको विरासत र सम्पादकीय स्वतन्त्रता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

तर अखबारको विक्रीको खबर आगामी जुलाइमा हुने आमचुनाव अघि स्वतन्त्र सञ्चारमाध्यमहरूमाथि धरपकड भइरहेका विवरणमाझ आएको छ।

अघिल्लो वर्ष सरकारलाई ६३ करोड डलर बारबरको कर रकम तिर्न नसकेपछि अर्को स्वतन्त्र अखबार द कम्बोडिया डेली बन्द भएको थियो।

अरू सञ्चारमाध्यमलाई पनि करसम्बन्धी कानूनी प्रावधानको पालना नगरेको आरोप लगाइएको छ।

अमेरिकी सरकारको लगानी रहेको रेडियो फ्री एसियाको हालै नोम पेनस्थित ब्यूरो बन्द गरिएको थियो।

प्रधानमन्त्री हुन सेनद्वारा स्वतन्त्र सञ्चारमाध्यममा ‘निर्मम दमन’ भएको भन्दै उक्त निर्णय लिइएको थियो।

तस्वीर- साभार बीबीसी