शिक्षिकाले कक्षा ५ का बिद्यार्थीलाइ दाँत भाँच्चिने गरी कुटेपछि ………

गुल्मी / गुल्मीमा एक शिक्षिकाले कक्षा ५ मा पढ्ने बालकको पिटेर दाँत भाँचिदिएकी छन् । शिक्षिकाको कुटाइबाट बालकको एउटा दाँत भाँच्चिएको छ ।

जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालय कक्षा ५ मा पढ्ने अनमोल जिसीको शिक्षिकाको कुटाइबाट दाँत भाँचिएको हो ।

बिहीबार पढ्न स्कुल गएका बालक जिसीलाई शिक्षिका रमा पाण्डेयले कुट्ने क्रममा दाँत भाँचिएको हो । बालक स्कुलबाट साँझ घरमा आएर अभिभावकलाई शिक्षिकाकाले कुटेर दाँत भाँचिएको बताएपछि घटना सार्वजनिक भएको थियो ।

शिक्षिकाको कुटाइबाट घाइते बालकको तम्घासमा उपचार भइरहेको छ । कक्षामा बिद्यार्थीहरुले हल्ला गरेको भन्दै बिद्यार्थीहरुलाई लठ्ठीले हान्ने क्रममा उनको दाँतमा लागेर भाँचिएको बताइएको छ ।

बिद्यालयबाट बालक रुदै घर आएपछि सोधपुछ गर्दा शिक्षिकाले हानेर दात भाँचिएको बताएको बालककी अभिभावक मिना जिसीले बताइन् ।

शिक्षिकाको कुटाईबाट बालक घाइते भएपछि बिद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट गल्ती भएको स्वीकारेका छन् । उनले घटना थाहा पाउन साथ शिक्षिकासँग बुझ्ने कोसिस गरेको र केही गल्ती भएको स्वीकारेका हुन ।

प्रधानाध्यापक भण्डारीले शिक्षिकाको कुटाईबाट घाइते बालकको तत्कालै उपचार गर्न अभिभावकलाई आग्रह गरेको र बाँकी अन्य बिषयमा पछि छलफल गर्ने बताए । अनलाइनखबर, तस्वीर पनि