मिडल पोइन्ट स्कुलका सर्वोत्कृष्ट अंक ल्याउने दृष्टी सहित दर्जन बढी छात्रछात्रा पुरस्कृत

विर्तामोड / झापाको विर्तामोडस्थित मिडल पोइन्ट इलेमेन्टरी स्कुलले गत शैक्षिक सत्रमा ९९.८० प्रतिशत अंक ल्याई स्कुल प्रथम हुने दृष्टी कुँवर सहित विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

शुक्रबार विद्यालय परिसरमा आयोजित शैक्षिक अवार्ड वितरण समारोहमा गतवर्ष कक्षा नर्सरी देखि कक्षा ६ का उत्कृष्ट नतिजा ल्याउने तथा अन्य विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।

शैक्षिकसत्र ७४ मा कक्षा नर्सरीबाट क्रमशः प्रथम, दितीय र तृतीय हुने पिन्की माबो, आरव उप्रेती र मालिका चौधरी, एलकेजी का प्रतीक कार्की, प्राची तिवारी र दिवश घिमिरे, कक्षा यूकेजीबाट प्रथम, दितीय र तृतीय हुने दृष्टी कुँवर, जेनी राउत र रोहित पौडेललाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, कक्षा १ बाट क्रमशः प्रथम, दितीय र तृतीय हुने प्रितीका दास, सनिम पाठक र प्रकृती कार्की, कक्षा दुईका अभिषेक चौधरी, युसन मिश्र र धर्मराज यादव, कक्षा तीनबाट प्रथम, दितीय र तृतीय हुने कृतीका तामाङ, स्नेहा शर्मा र निकिता खतिवडालाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी विद्यालयले कक्षा ४, ५ र ६ का प्रवेश ढकाल, आदेश चौधरी, पुजा सहनी, श्लेस्मा भण्डारी, आयुष दियाली, सन्तोष चौधरी, उदय राजवंशी, मनोज मिश्र र सौगात वाग्लेलाई पनि ट्रफी तथा प्रमाणपत्रले पुरस्कृत गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नवोदय शिक्षा सदनका प्रिन्सिपल धर्मराज माझी, अक्सफोर्ड एजुकेशन फाउण्डेसनका म्यानेजर केशव मैनाली, विद्यालयका फाउण्डर हरी धिमाल र प्रिन्सिपल प्रनिल धिमाललगायतले उत्कृष्ट छात्र छात्रालाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

शैक्षिक अवार्ड वितरण समारोहमा गतवर्ष विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने प्रिकिता दास, प्रकृती कार्की, कृतीका तामाङ, उदय राजवंशी, अभिषेक चौधरीलाई गोल्डमेडल प्रदान गरिएको थियो ।

त्यस्तै, नियमित विद्यालय आउने अञ्जुली मावो, आयुष जैसवाल, ‘मोस्ट ओविडेन्ट’ प्रनिषा चौधरी ‘क्लीन एण्ड निटनेस’ जेनी राउत र निकिता खतिवडालाई पनि गोल्डमेडल अवार्ड प्रदान गरिएको थियो । विद्यालयले सञ्चालन गर्ने मार्सल आर्टस, नृत्य, गायन तथा अन्य अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने छात्र छात्रालाई पनि मेडल तथा ट्रफीद्वारा पुरस्कृत गरिएको थियो ।

समारोहमा प्रमुख अतिथी नवोदय शिक्षासदनका प्रिन्सिपल माझीले विद्यालयले अन्य शिक्षण संस्थाको भन्दा फरक ढंगले विद्यार्थीलाई पठनपाठन र अतिरिक्त कुयाकलापमा लगाउनु उदाहरणीय कार्य भएको बताए । मिडल पोइन्ट स्कुल नौलो ढंगले सञ्चालन गरेको भन्दै माझीले यसबाट अन्य लिद्यालयले धेरै कुरा सिक्न आवश्यक रहेको औंल्याए ।

विद्यालयका फाउण्डर हरी धिमालको सभापतित्वमा आयोजित समारोहमा शिक्षिका प्रिति धिमालले स्वागत तथा शिक्षक क्षितिज सुबेदी, छात्र छात्रा सौगात वाग्ले र अंकिता खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा छात्र छात्राले एकल तथा सामुहिक नृत्य, गायन र मार्सल आर्टसको कला प्रस्तुत गरेका थिए ।