चेतनामुलक नाटक प्रदर्शन

विर्तामोड / विर्तामोड नगरपालिका ५ स्थित न्यूटन एकेडेमीमा आज ‘विषादीमुक्त समाज स्वस्थ जीवनको आभाष’ विषयक जनचेतनामुलक नाटक प्रदर्शन गरिएको छ ।

विषादीको प्रयोगले मानव स्वास्थ्यमा पुर्याउने हानी नोक्सानी बारे जनचेतना जगाई स्वस्थ जीवन जीउन उन्मुख गराउने उद्देश्यले नाटक प्रदर्शन गरिएको हो ।

२ सय ५० जना भन्दा बढीको उपस्थितिमा क्षितिज नाट्य समुहका कलाकारहरुले नाटक प्रर्दशन गरेका थिए ।

सो कार्यक्रममा सुन्दर सामुदायिक सेवा केन्द्रका अध्यक्ष अर्जुन मैनाली, विर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, विद्यालयका प्रिन्सिपल देबेन्द्र पाठक,  इलाका प्रहरी कार्यालय विर्तामोडका डिएस्पी कृष्णप्रसाद कोइरालालगायतको उपस्थिति थियो ।

तस्वीर- एपीओ विर्तामोड