१३० गरिब तथा जेहेन्दार छात्रछात्रालाई व्याग वितरण

गोलधाप झापा / हल्दिबारी गाँउपालिका -१ गोलधापले वडाका ४ वटा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्रालाई आज एक कार्यक्रम गरी व्याग वितरण गरेको छ ।

वडा कार्यालयले श्री जनजागृती माध्यमिक विद्यालयका ५२ जना, गरमकाली निमावीका ३१ जना, सरस्वती माविका २६ जना र दुर्गादेवी प्राविका २१ गरी एकसय तीस जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

वडा कार्यालयले प्रत्येक विद्यालयमा पुगेर जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक, राजनीतिक दलका प्रतिनिधीलगायतको उपस्थितीमा व्याग वितरण गरेको थियो ।

वडामा रहेका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्याग वितरण गरिएको वडाध्यक्ष सापकोटाले बताए ।

प्रत्येक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनमा पनि सहयोग गर्न सजिलो हुने गरी विद्यालयले तथ्याङ्क संकलन गर्न वडाध्यक्ष सापकोटाले सुझाव दिए । वडा कार्यालयले आफ्नो आन्तरीक बजेटबाट छात्रछात्रालाई व्याग वितरण गरेको हो ।