क्रोएसियाका कप्तान लुकाले जिते गोल्डेन बल, इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट

खेलकुद देशबाहिर समाचार

काठमाडौं / क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी बनेका छन् ।

शनिबार भएको फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले हारेको थियो । तर, मोडरिक उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बल जिते ।

इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले ६ गोल गरे । यस्तै गोल्डेन ग्लोब बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् ।

त्यस्तै, विश्वकपको बेष्ट युवा खेलाडी फ्रान्सका किलियन एमबाप्पे घोषित भएका छन् । १९ वर्षीय एमबाप्पेले विश्वकपमा ४ गोल गरेका छन् । अनलाइनखबर