काठमाण्डौं / विश्वकप फुटबल सकिएको भोलीपल्ट फ्रान्सका डिफेण्डर आदिल रामीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
उनी फाइनल खेलमा क्रोयशिया विरुद्ध सव्सटिच्युटका रुपमा मैदान प्रवेश गरेका थिए । फ्रान्सका लागि उनले फाइनलमा केही मिनेट मात्र खेलेका थिए ।
फ्रान्सले आइतबार राति रुसमा सम्पन्न फुटबलमा क्रोएशियालाई ४ २ गोलले हराएको थियो । ३२ वर्षका रामीले फ्रान्सका लागि ३५ खेल खेलेका छन् । विश्वकपमा उनले अन्य खेलमा मौका पाएका थिएनन् ।