सञ्जयको ‘फुलिदेउ ए फुल तिमी’ मा विनोद र आरियाको रोमान्स (भिडियो सहित)

विर्तामोड / झापाली गायक सञ्जय तुम्रोकको अर्को साङगीतिक कोशेली ‘फुलिदेउ ए फुल तिमी’ को म्यूजिक भिडियो बजारमा आएको छ ।

आधुनिक पप संगीतमा जम्दै गरेका गायक तुम्रोकको उक्त गीत ‘साँचो’ एल्वममा समावेश छ ।

http://https://youtu.be/uW86fTrJ5VA

बविन खनालको शव्द रचना चोक गुरुङको संगीतमा तयार भएको सो गीतमा मोडल विनोद परियार र आरिया बस्नेतको रोमान्स देख्न सकिन्छ । टेलीसिरियल ट्वाक्क टुक्क रिर्टन्सका हाँस्य कलाकार विनोदको अभिनय रहेको यो पहिलो म्यूजिक भिडियो हो ।

म्यूजिक भिडियो राजु श्रेष्ठले निर्देशन गरेका छन् भने पदम सुबेदीको सम्पादन रहेको छ । चन्दु गोर्खालीको संगीत संयोजन रहेको सो गीतको भिडियो माधव खत्रीले खिचेका हुन् । म्यूजिक भिडियो हिम सम्झौता डिजिटल कम्पनीले बजारमा ल्याएको छ ।