विश्व फुटबल लिग स्पेनीस ला लिगाले पहिलो पटक भिएआर प्रयोग गर्ने

खेलकुद देशबाहिर

एजेन्सी/ विश्वकप फुटबलमा लोकप्रिय भएपछि विश्व फुटबल लिग स्पेनीस ला लिगाले पहिलो पटक भिएआर अर्थात भिडियो असिसटेन्ट रेफ्रिको प्रयोग गर्ने भएको छ ।

नयाँ सिजनको ला लिगामा इतिहासमै पहिलो पटक यो प्रविधी प्रयोग गर्न लागिएको हो । ला लिगा फुटबलको खेल तालिका जुलाई २४ तारिख सार्वजनिक हुनेछ । यो विश्वमा बढी रुचाइएको फुटबल लिग हो ।

ला लिगाका खेलभने अगष्ट १९ देखि सुरु भएर सन् २०१९ को मे २६ मा सम्पन्न हुनेछ । गत सिजनको ला लिगा च्याम्पियन्स बार्सिलोना हा ेभने रियल मड्रिड तेस्रो भएको थियो । यस पटकको ला लिगामा स्टार क्रिस्टियानो रोनाल्डे देखिने छैनन् ।

उनी मड्रिड छाडेर इटालियन क्लव युभेन्ट्स गएका छन् । यसअघि रियल मड्रिडका रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीबीच ला लिगामा खुबै चर्चा हुने गर्दथ्यो ।