कांग्रेस नेता थेवेलाई मातृशोक

विर्तामोड / नेपाली कांग्रेस झापाका महासमिति सदस्य देउमान थेवेलाई मातृशोक परेको छ ।

कांग्रेस झापाका निर्वतमान जिल्ला उपसभापति समेत रहेका थेवेकी आमा दधिमाया थेवेको ७८ वर्षको उमेरमा आइतवार राति निधन भएको हो ।

मधुमेह र उच्च रक्तचापका कारण उनी केही समयदेखि अस्वस्थ रहेकी थिइन । उनको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनका श्रीमान वुद्धिमान थेवे रहेका छन् भने तीन छोरा मध्ये दुई छोराको यस अघि नै निधन भइसकेको छ । थेवे कान्छा छोरा हुन् । उनका दुई छोरा पूर्णकुमार, तिलविक्रम थेवेको यसअघि नै मृत्यु भएको छ । उनका सात छोरी छन् ।

कनकाई नगरपालिकामा उनको स्थायी बसोबास रहेको थियो । उनको सोमवार कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।